Banijya News

फौजदारी अभियोगमा सञ्चालक निलम्बित हुँदा नेतृत्वविहीन बनेको बीमा कम्पनी कसरी अघि बढला ?

1
1.0K Shares

फौजदारी अभियोगमा मुद्दा दर्ता भएका सबै बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरु निलम्बन हुने भएका छन् । नेपालकै ठूलो बीमा क्षेत्रको घोटाला काण्डमा फौजदारी अभियोग लागेका विभिन्न बीमा कम्पनीका अध्यक्ष तथा सञ्चालकहरुलाई प्राधिकरणले निलम्बन गर्ने भएपछि नेतृत्वविहिन हुन पुगेका कम्पनीहरु अब कसरी अघि बढ्छ भन्ने सवाल गम्भीर बनेको छ ।

नियामक निकाय नेपाल बीमा प्राधिकरणले हिजो साँझ सिआईबीले फौजदारी अभियोग लगाएको मुद्दा दर्ता गरेका सबै बीमा कम्पनीका अध्यक्ष, सञ्चालक तथा अन्य बाँकी कर्मचारीहरुलाई निलबनको पत्र पठाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले फौजदारी अभियोजनको क्रममा उनीहरुलाई फरार सूचिमा राखेर अभियोग दर्ता गरेपछि निलम्बन गर्ने निर्णय गरिएको हो । प्रहरीको फरार सूचिमा रहने तर कार्यालयमा पुगेर काम गर्ने प्रयासमा केही व्यक्तिहरु सक्रिय भएपछि प्राधिकरणले यस्तो निर्णय गरेको हो ।

सञ्चालक समितिहरु निलम्बन गर्ने निर्णयसँगै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी नेतृत्वविहीन हुन पुगेको छ । सो कम्पनीका सबै सञ्चालक निलम्बित भएका छन् भने सिईओ तथा डिसिईओ समेत निलम्बनमा परेपछि कम्पनी कसरी अघि बढ्ला भन्ने चासो बढेको छ ।

1

Scroll to Top