Banijya News

सिटिजन्स बैंकद्वारा २ अर्बको अग्राधिकार शेयर जारी गर्ने निर्णय, चार नयाँ सञ्चालक निर्वाचित

1
1.0K Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ८औं विशेष साधारण सभा अध्यक्ष प्रवल जङ्ग पाण्डेको अध्यक्षतामा काठमाडौँस्थित मुख्य कार्यालयमा सम्पन्न भएको छ। सभाले बैंकको पुँजी संरचना मजबुत बनाउन, जोखिम वहन क्षमता बढाउन र व्यवसाय विस्तारमा सहयोग पुर्‍याउने उद्देश्यले २ अर्ब रुपैयाँ बराबरको अविमोच्य असञ्चित अग्राधिकार शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

यसै सभाबाट बैंकले विभिन्न क्षेत्रका विज्ञ एवं अनुभवी चार जना नयाँ सञ्चालकहरू निर्वाचित गरेको छ। जस अन्तर्गत संस्थापक शेयरधनी (समूह ‘क’) बाट नेपालका प्रमुख बैंकहरूमा र अन्तर्राष्ट्रिय बैंकिङको अनुभव भएका अनिल कुमार ज्ञवाली चयन भएका छन । त्यस्तै, सर्वसाधारण शेयरधनी (समूह ‘ख’) बाट वाणिज्य बैंक तथा सेवा क्षेत्रका अनुभवी प्रकाशचन्द्र मैनाली, नेपाल राष्ट्र बैंकमा दुई दशक नीतिगत क्षेत्रमा काम गर्नुभएका डा. राजेन्द्र पण्डित र अन्तर्राष्ट्रिय विकास संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएकी हिमादेवी खड्का केसी निर्वाचित भएकि छिन ।

हाल यस बैंकले देशभरका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ।

1

Scroll to Top