राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा.स्वर्णिम वाग्लेले आफूहरू कसैलाई हराउन नभई नेपाललाई जिताउन राजनीतिमा आएको बताएका छन् ।
आइतबार पार्टीको पहिलो महाधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा पुरानो पुस्तासँग लड्न नभई नयाँ राजनीतिक संस्कार स्थापित गर्न आएको बताए ।
उनले रास्वपाको शक्ति केवल आक्रोशमा सीमित नभई आशा र सकारात्मक परिवर्तनको माध्यम बन्नुपर्ने उल्लेख गरे ।
‘आलोचना मात्र होइन, विकल्प दिनुपर्छ । विद्रोह मात्र होइन, निर्माण पनि हुनुपर्छ,’ उनले भने ।


