Banijya News

रास्वपा महाधिवेशनमा दैनिक ९ क्विन्टल खसीको मासु खपत

1
1.0K Shares

चितवनको भरतपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन भव्य रूपमा चलिरहेको छ । असार ७ गतेदेखि सुरु भई ९ गतेसम्म चल्ने यस महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक र सुरक्षाकर्मी गरी झन्डै पाँच हजार जनाका लागि खाना तथा खाजाको व्यवस्थापन ‘दियालो फुडल्याण्ड’ ले गरेको छ । यस कार्यका लागि दियालो फुडल्याण्डको भरतपुर, बुटवल र काठमाडौँसहित पाँचवटै शाखाका कर्मचारीहरू र प्राविधिक जनशक्ति भरतपुरमा खटिएका छन् ।

दियालो फुडल्याण्ड काठमाडौँ शाखाका अप्रेसन म्यानेजर प्रेम खत्रीका अनुसार महाधिवेशन अवधिभर तीन दिनसम्म सहभागीहरूका लागि बिहान ७ देखि ९ बजेसम्म ब्रेकफास्ट, दिउँसो १ देखि ३ बजेसम्म मटन (खसीको मासु) सहितको लन्च, त्यसपछि चिया-कुकिज र बेलुकाको समयमा पूर्ण रूपमा शाकाहारी (भेज) डिनरको व्यवस्था गरिएको छ । यस व्यवस्थापनका लागि दैनिक आठदेखि नौ क्विन्टलसम्म खसीको मासु खपत भइरहेको छ । महाधिवेशनमा देशभरका विभिन्न जिल्ला, प्रवास र विभिन्न तहका कमिटीहरूबाट चार हजारभन्दा बढी प्रतिनिधिहरू सहभागी छन्, जसका लागि पार्टीले खाना र खाजाको प्रबन्ध गरे पनि बासको व्यवस्था भने प्रतिनिधिहरू आफैँले गर्नुपरेको छ ।

1

Scroll to Top