Banijya News

अतुल्या स्टिल्सको उद्योग बन्दै, लगानी ३० करोड लाग्ने

1
1.0K Shares

नवलपरासी जिल्लाको दुम्कीबासमा निर्माणाधीन अतुल्या स्टिल उद्योगको अधिकांश सिभिल तथा संरचनात्मक निर्माण कार्य सम्पन्न भएको छ। सन् २०२२ मा दर्ता भएको यस कम्पनीले नेपालको पूर्वाधार विकास र निर्माण क्षेत्रलाई आवश्यक पर्ने उच्च गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्ने लक्ष्य राखेको छ।

उद्योगको कुल उत्पादन क्षमता दैनिक १६६ मेट्रिक टन रहेको छ, जसअन्तर्गत भौतिक निर्माण र नदी नियन्त्रणका आयोजनाहरूमा बढी प्रयोग हुने गाबियन बक्स दैनिक १०० मेट्रिक टन र औद्योगिक तथा घरायसी प्रयोजनमा आउने जीआई तार दैनिक ६६ मेट्रिक टन उत्पादन गरिनेछ। स्वदेशी उत्पादनलाई बढावा दिँदै आयात प्रतिस्थापन गर्ने उद्देश्य बोकेको यस उद्योगको स्थापनाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्नुका साथै नवलपरासी क्षेत्रलाई औद्योगिक करिडोरको रूपमा विकास गर्न थप मद्दत पुग्ने देखिन्छ।

उद्योग निर्माणका लागि कुल ३० करोड २० लाख रुपैयाँ लागत अनुमान गरिएकोमा कम्पनीले ६५स्३५ को मजबुत ऋण–इक्विटी अनुपात कायम गरेको छ। वित्तीय व्यवस्थापन अन्तर्गत १९ करोड ६० लाख रुपैयाँ कर्जा लिई आयोजनामा लगानी भइसकेको छ भने १० करोड ६० लाख रुपैयाँ स्वपुँजी (इक्विटी) मध्ये ५६ प्रतिशत व्यवस्थापन भइसकेको छ। हालसम्म ६४ प्रतिशत वित्तीय प्रगति गरिसकेको यस आयोजनाले व्यवसाय विस्तार र कार्यशिल पूँजीका लागि दीर्घकालीन तथा अल्पकालीन कर्जा तर्फ कुल ६० करोड रुपैयाँको रेटिङ समेत गराएको छ, जसले कम्पनीको वित्तीय विश्वसनीयतालाई दर्शाउँछ।

दुई जना अनुभवी निर्देशकहरू रहेको यस कम्पनीको नेतृत्व अध्यक्ष अभय शर्माले गरिरहेका छन । मुख्य सिभिल संरचनाहरू तयार भइसकेकाले कम्पनीले अब अत्याधुनिक मेसिनरी जडान (इन्स्टलेसन) र प्लान्टको अन्तिम तयारी पूरा गरी चाँडै व्यावसायिक उत्पादन र बजार वितरण सुरु गर्ने योजना बनाएको छ।

1

Scroll to Top