Banijya News

नेप्सेका २६.१६ अंकको गिरावट, चार अर्बमाथीको कारोबार

1
1.0K Shares

साताको दोश्रो कारोबारको दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचकमा गिरावट देखिएको छ । मंगलबार नेप्से परिसूचक २६.१६ अंकले घटेर २६७४.४८ बिन्दुमा कायम भएको हो ।

नेप्सेमा कुल ३५३ कम्पनीको १ करोड ४० हजार १६४ कित्ता सेयर खरिद बिक्री हुँदा रू. ४ अर्ब ३६ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार आँखुखोला जलविद्युत् कम्पनी लिमिटेडको भएको छ । यस कम्पनीको ३४ करोड १६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको बजारमा टक्सार पिखुवा खोलाका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

त्यस्तै, बुङ्गल हाइड्रोका लगानीकर्ताले भने सबैभन्दा धेरै नोक्सानी बेहोरेका छन । यस कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ ।

1

Scroll to Top