त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)ले स्वास्थ्य बीमा सेवाअन्तर्गतको बहिरंग सेवा (ओपीडी) सोमबारदेखि पुनः सञ्चालन गर्ने भएको छ ।
अस्पतालले सूचना जारी गर्दै असार १५ देखि पुनः ओपीडी सेवा सुरु गर्ने जनाएको हो । बीमाको ओपीडी टिकट बिहान ७ बजेदेखि ११ बजेसम्म र दिउँसो १ बजेदेखि २.३० बजेसम्म उपलब्ध हुने अस्पतालले जनाएको छ ।
सरकारले करोडौँ रुपैयाँ भुक्तानी नगरेपछि अस्पतालको आर्थिक अवस्था धराशयी बनेको अस्पतालले बताएको थियो । बीमा बोर्डले दाबी भुक्तानी नगरेको भन्दै २०८३ माघ १ देखि बन्द गरेको बीमा कार्यक्रम साढे पाँच महिनापछि पुनः सुरु गर्न लागेको हो । तर, केही दिनअघि बीमा बोर्डले बाँकी भुक्तानी गरेपछि अस्पतालले कार्यक्रम पुनः सुरु गर्न लागेको हो ।


