Banijya News

प्रहरीद्वारा ८७ करोड राजस्व संकलन, कुन शीर्षकबाट कति उठ्यो ?

1
1.0K Shares

नेपाल प्रहरीले जेठ महिनामा मात्र ८६ करोड ९८ लाख १९ हजार ८४४ रुपैयाँ राजस्व संकलन गरेको छ । चालू आर्थिक वर्ष २०८२/०८३ को जेठ महिनामा भन्सार छलीको सामानबाट सर्वाधिक ४१ करोड ३७ लाख ३७ हजार ९१३ रुपैयाँ राजस्व संकलन भएको छ । त्यस्तै, अदालती फैसला कार्यान्वयनबाट २३ करोड ४४ लाख ४३ हजार ८९१ रुपैयाँ र ट्राफिक कारवाहीबाट १२ करोड ९ लाख १० हजार १३१ रुपैयाँ राजस्व उठेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, स्रोत नखुलेको रकम बरामद गरेर ३ करोड ५९ लाख ३८ हजार ६१० रुपैयाँ, अवैध सुनचाँदी बरामदबाट २ करोड ७५ हजार ८४३ रुपैयाँ, अवैध विदेशी मुद्रा बरामदबाट १ करोड ४० लाख ३१ हजार ३४७ रुपैयाँ र अवैध काठ बरामदबाट १ करोड २२ लाख ७६ हजार ९४३ रुपैयाँ राजस्व संकलन भएको तथ्यांक छ ।

त्यस्तै, अवैध नदिजन्य पदार्थ उत्खनन गर्नेबाट ८१ लाख ८९ हजार ६ रुपैयाँ, अवैध पशुपन्छी ओसारपसार नियन्त्रणबाट ५४ लाख २१ हजार १६० रुपैयाँ र हुण्डी कारोबारीबाट ४७ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको नेपाल प्रहरीले जनाएको छ ।

1

Scroll to Top