सवारी नियम उल्लंघनमा पछिल्लो २४ घण्टामा दुई हजार १५७ सवारीचालक कारबाहीमा परेका छन् । यसबाट रु. २१ लाख ४० हजार ५४६ राजस्व संकलन भएको छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, मादकपदार्थ सेवन गरेको ८२, नियमविपरीत राइड सेयरिङ गरेका १०१, संकेत बत्ती उल्लंघनकर्ता १०५ र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११७ जना कारबाहीमा परेका थिए ।
त्यस्तै, लेन अनुशासन पालना नगर्ने ७७, निषेधित क्षेत्रमा हर्न बजाउने ६१, कालो सिसायुक्त सवारीसाधन सञ्चालन गर्ने २२, एकतर्फी सडकमा सवारीसाधन चलाउने ५४ र अन्य सवारी नियम पालना नगरेका एक हजार ५३८ जनालाई कारबाही गरिएको हो ।


