Banijya News

सेग्मेन्टकै पहिलो ‘रियर ह्विल ड्राइभ’ इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई.मास ५ ’ नेपालमा आउँदै

1
1.0K Shares

नेपालको विद्युतीय सवारी (ईभी) बजारमा अर्को नयाँ अध्याय थपिने भएको छ। प्रोटोन गाडीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ (आरडब्लुडी) कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘प्रोटोन ई.मास ५ ’ नेपाली बजारमा ल्याउने तयारी गरेको छ।

कम्पनीका अनुसार प्रोटोन ई.मास ५ नेपालमा सार्वजनिक हुने आफ्नो वर्गकै पहिलो रियर–ह्विल–ड्राइभ इलेक्ट्रिक एसयूभी हुनेछ। यसले विद्युतीय सवारीमा नयाँ प्रविधि र फरक ड्राइभिङ अनुभव प्रदान गर्दै नेपाली ईभी बजारमा नयाँ मानक स्थापित गर्ने कम्पनीको विश्वास छ।

नेपालमा पछिल्ला वर्षहरूमा विद्युतीय सवारीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला प्रोटोनले प्रविधिमैत्री, उच्च कार्यसम्पादन र वातावरणमैत्री विशेषतालाई केन्द्रमा राखेर यो गाडी विकास गरेको जनाएको छ। कम्पनीका अनुसार ई.मास ५ ले उत्कृष्ट ड्राइभिङ अनुभवसँगै दैनिक प्रयोगका लागि आवश्यक सुरक्षा, सहजता र आरामलाई पनि समान प्राथमिकता दिएको छ।

यस गाडीको सबैभन्दा ठुलो विशेषता यसको रियर–ह्विल–ड्राइभ (Rear-Wheel Drive) प्रणाली हो। यस प्रविधिका कारण गाडीमा सन्तुलित तौल वितरण, उत्कृष्ट ह्यान्डलिङ, उच्च स्थायित्व तथा सहज नियन्त्रणको सुविधा उपलब्ध हुने कम्पनीको दाबी छ। यही कारणले व्यस्त सहरी सडक, लामो राजमार्ग तथा नेपालको घुमाउरा पहाडी सडकमा समेत सुरक्षित र सहज यात्रा अनुभव गर्न सकिने बताइएको छ।

जगदम्बा मोटर्सले दिगो यातायात प्रणाली प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धताअनुसार अन्तर्राष्ट्रियकरण आधुनिक विद्युतीय सवारी नेपाली बजारमा भित्र्याउँदै आएको जनाएको छ। शङ्कर ग्रुपअन्तर्गत रहेको कम्पनीले देशव्यापी बिक्री तथा सेवा सञ्जाल विस्तार, ग्राहक–केन्द्रित सेवा तथा बिक्रीपछिको सेवामा निरन्तर लगानी गर्दै विश्व स्तरीय अनुभव उपलब्ध गराउने लक्ष्य राखेको छ।

कम्पनीका अनुसार प्रोटोन ई.मास ५ को आगमनले अत्याधुनिक प्रविधि, उत्कृष्ट गुणस्तर र उच्च मूल्य–प्रतिफल (भ्यालु फर मनी) भएको विश्व स्तरीय विद्युतीय सवारी नेपाली उपभोक्तामाझ उपलब्ध गराउने कम्पनीको दीर्घकालीन रणनीतिलाई थप सुदृढ बनाउनेछ।

यद्यपि, गाडीको ब्याट्री क्षमता, मोटर पावर, रेन्ज, चार्जिङ समय, मूल्य, भेरिअन्ट तथा अन्य विस्तृत प्राविधिक विवरण भने कम्पनीले हाल सार्वजनिक गरेको छैन। यी विवरण, बुकिङ प्रक्रिया तथा औपचारिक सार्वजनिक मिति आगामी केही साताभित्र घोषणा गरिने जगदम्बा मोटर्सले जनाएको छ।

1

Scroll to Top