संसद्को प्रत्यक्ष प्रसारण र बैठकको आन्तरिक रेकर्डिङ प्रणालीमै समस्या आएपछि राष्ट्रियसभाको बैठक केही समयका लागि स्थगित गरिएको छ। बैठक सुरु भएको १७ मिनेटमै साउन्ड सिस्टम बिग्रिएर अडियो आउन छाडेपछि सचिवालयले बैठक रोक्नुपरेको हो।
संसद् सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीका अनुसार साउन्ड सिस्टममा देखिएको प्राविधिक समस्या समाधान गर्ने प्रयास भइरहेको छ र यो सञ्चालनमा आउनासाथ बैठक पुनः सुरु हुनेछ। आजको बैठकमा प्रतिनिधिसभाबाट पारित भई आएका अध्यादेश प्रतिस्थापन लगायतका विधेयकहरूको सन्देश टेबुल गर्ने र विनियोजन विधेयकमाथि छलफल गर्ने मुख्य कार्यसूची रहेको छ।


