Banijya News

नेप्सेमा ८ अंकको गिरावट ,४ अर्ब ४१ करोडमाथीको कारोबार

1
1.0K Shares

साताको सेयर कारोबार हुने अन्तिम दिन नेप्से परिसूचकमा गिरावट देखिएको छ । आज सेयर बजार परिसूचक ८.३० अंकले घटेर २६५३.४० विन्दुमा कायम भएको हो ।

आज सेयर बजारमा १६० कम्पनीको सेयर मूल्य घटेको छ भने १०३ कम्पनीको बढेको छ । आज १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ८ वटाको मूल्य घटेको छ भने ५ वटाको बढेको छ ।

परिसूचक घटेको दिन बजारमा ४ अर्ब माथिको कारोबार भएको छ । आज ३४५ कम्पनीका ८५ लाख ८४ हजार ४०१ कित्ता सेयर ४६ हजार २३४ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँको कारोबार भएको छ । आज सेयर बजारमा ३ वटा कम्प्नीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

1

Scroll to Top