Banijya News

लुम्बिनी प्रदेशसभा बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहने

1
1.0K Shares

लुम्बिनी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ। मन्त्रीहरूको क्षेत्रमा मात्रै बजेटको ठूलो हिस्सा केन्द्रित गरिएको भन्दै प्रदेशसभा सदस्यहरूले लामो समयदेखि अवरोध गर्दै आएका थिए। उक्त विवाद समाधान भएपछि आइतबारदेखि सुरु भएको आर्थिक वर्ष २०८३/०८४ को विनियोजन विधेयकमाथिको छलफललाई आजको बैठकमा पनि निरन्तरता दिन लागिएको हो ।

बैठकको सुरुमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा हालसम्म उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। प्रदेशसभा सचिवालयका अनुसार छलफलमा उठेका जिज्ञासा र प्रश्नहरूको जवाफ स्वास्थ्यमन्त्री रामजीप्रसाद घिमिरे, युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेय र मुख्यमन्त्री चेतनारायण आचार्यले दिनेछन्।

त्यसपछि बैठकको दोस्रो चरणमा विभिन्न मन्त्रालयगत शीर्षकहरूमाथि छलफल सुरु हुनेछ। जसमा भौतिक पूर्वाधार विकास मन्त्रालयस ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयस उद्योग, पर्यटन तथा यातायात मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँग सम्बन्धित विनियोजन विधेयकका शीर्षकहरूमाथि केन्द्रित रहेर प्रदेशसभा सदस्यहरूले आ(आफ्नो धारणा राख्ने सचिवालयले जनाएको छ।

1

Scroll to Top