Banijya News

हिमालयन रिको भारतीय पुनर्बीमा कारोबार इजाजत पनि खोसियो

1
1.0K Shares

हिमालयन रिइन्स्योरेन्स कम्पनीले वित्तीय कारोबारमा एकपछि अर्को अवरोधको सामना गर्नु परिरहेको छ । यसै क्रममा भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई) ले हिमालयन रिको अन्तर सीमा पुनर्बीमा कारोबार इजाजत खारेज गरेको छ ।

प्राधिकरणबाट हिमालयन रिले अन्तरसीमा पुनर्बीमक (क्रस बोर्डर रिइन्स्योरेन्स) को हैसियतमा भारतीय बीमा बजारबाट पुनर्बीमा जोखिम स्वीकार गर्न १६ जनवरी २०२४ मा ‘सीबीआर००४९०५९५/२०२६२७’ संकेत नम्बर प्राप्त गरेको थियो । आईआरडीएआईले गत जुन ११ तारेखदेखि नै हिमालयन रिको इजाजत खारेज गरिदिएको हो ।

यसअघि हिमालयन रिलाई नेपाल बीमा प्राधिकरणले २०८३ असार मसान्तसम्मका लागि पुनर्बीमा कारोबारमा रोक लगाएको छ । प्राधिकरणले बैशाख २९ गतेदेखि पुनर्बीमा कारोबारमा रोक लगाएको हो । हिमालयन रिका प्रवद्र्धक, सञ्चालक र उच्च व्यवस्थापनको मिलेमतोमा कोषको दुरूपयोग भएकाले कम्पनीको वित्तीय अवस्था कमजोर रहेको निष्कर्षसहित प्राधिकरणले कारोबारमा रोक लगाएको हो ।

सरकारले हिमालयन रिका पूर्व अध्यक्ष शेखर गोल्छा, पूर्व सञ्चालक साहिल अग्रवाल, प्रवद्र्धक दिपक भट्ट, शुलभ अग्रवाल, प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल सहितका विरूद्ध कम्पनीको सम्पत्ती र कोष दुरूपयोग गरेको अभियोग सहित सम्पत्ती शुद्धिकरण, बीमा कसूर, बैंकिङ कसूर, धितोपत्र सम्बन्धी कसूरमा दायर गरेको मुद्दा विचाराधीन छ ।

1

Scroll to Top