नवनियुक्त प्रधानमन्त्री बालेन शाहसँग एसियाली विकास बैंक ९एडीबी० का अध्यक्ष मासातो कान्दाले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विशेष भेटवार्ता गरेका छन। नेपालमा भएको ऐतिहासिक जेनजी आन्दोलनपछि नयाँ सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शाहलाई बधाई दिँदै अध्यक्ष कान्दाले नेपालको विकासका प्राथमिकताहरूमा एडीबीले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए। भेटका क्रममा दुई देशबीचको आपसी हित, आगामी लगानीका रणनीति र दिगो आर्थिक विकासका विविध पक्षमा सघन छलफल भएको थियो।
यसै भ्रमणको अवसर पारेर नेपालको विकास निर्माण र आर्थिक साझेदारीलाई अझ मजबुत बनाउन नेपाल र एडीबीबीच १६ करोड ५० लाख अमेरिकी डलर अर्थात् करिब २५ अर्ब नेपाली रुपैयाँ बराबरको सहुलीयतपूर्ण ऋण सम्झौता भएको छ। दुईवटा महत्वपूर्ण आयोजनाहरूमा लगानी गर्ने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र एडीबी अध्यक्ष कान्दाको विशेष उपस्थितिमा सोमबार यो द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौता पत्रमा नेपाल सरकारका तर्फबाट अर्थसचिव डा. घनश्याम उपाध्याय र एडीबीका तर्फबाट नेपालस्थित आवासीय नियोगका देशीय निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन । यो ठूलो वित्तीय सहयोगले नेपालका चालू तथा आगामी नयाँ विकास आयोजनाहरूलाई तीव्र गति दिने विश्वास लिइएको छ।


