Banijya News

सरकार सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने गतिमा छ : उपाध्यक्ष भट्ट

1
1.0K Shares

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणकर भट्टले सरकार ७ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने गतिमा अगाडि बढिरहेको बताएका छन्। साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. को २५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले सुस्ताएको आर्थिक अवस्थालाई चलायमान बनाउन सरकारले निजी, सहकारी र निजी क्षेत्रलाई सँगसँगै लिएर जाने बताए।

देशको समग्र आर्थिक सुधारमा साना किसानहरूको भूमिका महत्त्वपूर्ण रहने भन्दै उनले यसका लागि विशेष कार्यक्रमहरू अगाडि बढाइने जानकारी दिए। उपाध्यक्ष भट्टले नेपालको गरिबी निवारण र ग्रामीण क्षेत्रको विकासमा साना किसान विकास लघुवित्त वित्तीय संस्थाले अग्रणी भूमिका खेलेको टिप्पणी गरे। वास्तविक किसानका बीचमा पुगेर काम गर्ने यस संस्थाको प्रभाव र कार्यलाई हेरेर अब यसलाई ुविशिष्टीकृत संस्थाु का रूपमा विकास गर्न आवश्यक रहेको उनको तर्क थियो।

साना किसानहरूको उत्थानबाट नै देशको आर्थिक–सामाजिक रूपान्तरण सम्भव भएको भन्दै उनले किसानहरूलाई ढुक्कसँग काम गर्न आग्रह गरे। कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले सरकारको हरेक कार्यक्रममा साना किसान अभियानले सदैव साथ दिएको स्मरण गराए। उनले आगामी दिनमा पनि आर्थिक सामाजिक रूपान्तरणका योजना कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।

साथै, किसानले उत्पादन गरेर मात्र आर्थिक सम्पन्नता नहुने भन्दै उत्पादित वस्तुलाई बजारसँग जोड्न सरकारले विशेष व्यवस्था गर्नुपर्ने र यसमा अन्तिम निर्णय लिन ढिलाइ नगर्न उनले माग गरे। संस्थाका प्रमुख कार्यकारी अधिकृत बासु अधिकारीले संस्थाको आर्थिक तथा व्यावसायिक प्रगतिको विवरण प्रस्तुत गरेका थिए। उनले दिगो विकासको लक्ष्य हासिल गर्न कृषि मार्फत महिला, युवा, दलित, जनजाति र पिछडिएको समुदायलाई मूलधारमा जोड्ने काम भइरहेको बताए।

विश्व अर्थतन्त्रको चुनौतीबाट माथि उठ्न साना तथा लघु उद्यमको प्रवर्द्धन महत्त्वपूर्ण रहने भन्दै उनले ग्रामीण अर्थतन्त्रलाई अझ प्रभावकारी बनाउन आफूहरू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

सोही अवसरमा संस्थाका उत्कृष्ट शाखाहरू र साझेदार संस्थाहरूलाई पुरस्कृत गरिएको थियो। १२ वटा शाखा मध्ये उत्कृष्ट शाखाका रूपमा नेपालगञ्ज शाखा पुरस्कृत भयो। त्यस्तै, राष्ट्रिय स्तरमा सर्वोत्कृष्ट संस्थाका रूपमा साना किसान कृषि सहकारी संस्था (खैरहनी, चितवन), साझेदार लघुवित्ततर्फ डिप्रोक्स लघुवित्त, र कृषि बाहेकका साझेदारतर्फ सिम्रिक बचत तथा ऋण सहकारी एवं अनैकोट (काभ्रेपलाञ्चोक) लाई नगद र प्रमाणपत्र सहित पुरस्कृत गरियो।र्थिक वृद्धि हासिल गर्ने गतिमा छ ः उपाध्यक्ष भट्ट

1

Scroll to Top