Banijya News

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा. देवेन्द्र खत्री नियुक्त

1
1.1K Shares

चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा डा. देवेन्द्र खत्री नियुक्त भएका छन्। प्रधानमन्त्री तथा आयोगका अध्यक्ष वालेन्द्र शाहले उनलाई यस गरिमामय पदमा नियुक्त गरेका हुन्। नयाँ जिम्मेवारी पाएसँगै उनी चिकित्सा शिक्षा क्षेत्रको नियामक निकायको नेतृत्व तहमा पुगेका छन्।

नवनियुक्त उपाध्यक्ष खत्रीलाई शिक्षा तथा खेलकुद मन्त्री एवं आयोगका सहअध्यक्ष सस्मित पोखरेलले मन्त्रालयमा नियुक्तिपत्र प्रदान गरेका छन्। यसअघि आयोगमा उपाध्यक्ष पद रिक्त भएपछि अर्को व्यवस्था नभएसम्मका लागि पूर्व उपाध्यक्ष श्रीकृष्ण गिरीलाई कार्यवाहक उपाध्यक्षको जिम्मेवारी सुम्पिएको थियो।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश जारी गरेपछि तत्कालीन उपाध्यक्ष डा. अञ्जनी कुमार झालगायतका पदाधिकारीहरू पदमुक्त भएका थिए। सोही कारणले खाली हुन पुगेको उक्त महत्वपूर्ण पदमा अब खत्रीले कार्यभार सम्हाल्ने भएका छन्।

1

Scroll to Top