पछिल्लो २४ घण्टामा दुई हजार ६६ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १८ लाख ६० हजार ३० राजस्व दाखिला भएको छ ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ६५, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२२, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्रगतिमा सवारीसाधन हुइँक्याएका ११४ जना कारबाहीमा परेका छन् ।
यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १४२, निषेधित क्षेत्रमा हर्न बजाउने ७४ र सडकपेटीमा ‘पार्किङ’ गर्ने १०३ जना कारबाहीमा परेका छन् । त्यस्तै, एकतर्फी सडकमा सवारी चलाउने ८९ र अन्य सवारी नियम पालना नगरेका एक हजार २३७ जनालाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।


