Banijya News

हिमालयन लाइफको व्यतित बीमालेख नवीरकणमा ५० प्रतिशत छुट

1
1.0K Shares

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले असार २५ गतेदेखि असार ३२ गतेसम्म व्यतित बीमालेख नवीकरण गरेमा त्यसमा लाग्ने विलम्ब शुल्क (ब्याज/जरिवानामा) ५० प्रतिशत छुट दिने भएको छ ।

कम्पनीले हिमालयन लाइफका साथै साविक प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा जारी भई व्यतित भएका बीमालेखहरू उक्त अवधिभित्र नवीकरण गरेमा जतिसुकै अवधिको व्यतित बीमालेख भए पनि ५० प्रतिशत छुट दिने भएको हो ।

यस्तो छुट सुविधा बीमालेख अवधिभर एकपटक मात्रै पाइने र छुट सुविधाको प्रयोग गरी नवीकरण भएका बीमालेख दुई वर्षभित्र समर्पण भएमा छुट रकम कट्टा गरिने कम्पनीले स्पष्ट पारेको छ । यसका लागि आफूलाई पायक पर्ने कम्पनीको जुनसुकै कार्यालयमा पनि जान सकिने जनाएको छ ।

1

Scroll to Top