Banijya News

डिजाइन परिवर्तन र ढिलाइले दुर्गा प्रसाईंको ‘होटल अट्रियम’ को लागत थप चुलिँदै, २ अर्ब दीर्घकालीन कर्जा लिने

1
1.1K Shares

व्यवसायी दुर्गा प्रसाईंले झापाको बिर्तामोडमा निर्माण गरिरहेको पाँचतारे लक्जरी होटल ुहोटल अट्रियम प्रालिु को कुल लागत सुरुवाती अनुमानभन्दा निकै बढ्ने देखिएको छ। सन् २०१६ मा स्थापना भएको यस कम्पनीले १६ हजार ८ सय ४३ स्क्वायरफिट क्षेत्रफलमा अत्याधुनिक होटल बनाइरहेको हो।

सुरुमा २ अर्ब ८४ करोड ३० लाख रुपैयाँमा सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि होटलको डिजाइनमा व्यापक परिवर्तन र कोठाको संख्या ९६ बाट बढाएर ९८ पुर्‍याइएपछि यसअघि नै लागत संशोधित भएर ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ पुगिसकेको थियो।

तर, निर्माण कार्य अन्तिम चरणमा पुग्दा होटलको लागत अझै थपिने निश्चित भएको छ। ब्याङ्क्वैट र क्यासिनो क्षेत्रको डिजाइन परिमार्जन, थप सिभिल तथा मेकानिकल कार्य, फर्निचर व्यवस्थापन र निर्माण अवधि लम्बिएका कारण बैंकको ब्याज समेत बढ्दा कुल खर्चमा थप भार पर्न गएको हो।

कुल लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी (इक्विटी) परिचालन गर्ने रणनीति लिएको यस परियोजनाका लागि हालसम्म २ अर्ब ३६ करोड ९० लाख रुपैयाँको वित्तीय व्यवस्थापन भइसकेको छ भने दीर्घकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ समेत गराइएको छ। यद्यपि, समय लम्बिँदै जाँदा संशोधित बजेट र तोकिएको समयभित्रै होटल पूर्ण रूपमा सञ्चालनमा ल्याउनु व्यवस्थापनका लागि ठूलो चुनौती देखिएको छ।

1

Scroll to Top