Banijya News

विष्णु पौडेलविरुद्ध २० करोड ९० लाख बिगो दाबीसहित मुद्दा दर्ता

1
1.0K Shares

एमाले नेता एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर भएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले विशेष अदालतमा अभियोगपत्र पेस गरेको हो ।

पौडेललाई व्यवसायी दीपक भट्टसँग मिलीभगत गरी पद र प्रभावको दुरुपयोग गरी सहजीकरणको बदलामा आर्थिक लाभ प्राप्त गर्ने गलत नियतले श्रीराम टोवाको उद्योग प्रालि को उच्च मूल्यको सेयरलाई न्यून मूल्यमा प्रतिवादी दीपक भट्टको कम्पनी हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रा लिलाई दिलाएको अभियोग लगाइएको छ ।

1

Scroll to Top