सरकारले १ रुपैयाँ र २ रुपैयाँ दरका नयाँ डिजाइनका सिक्का टकमरी (मिन्टिङ) गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिएको छ ।
आज बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ डिजाइनका १ र २ रुपैयाँका सिक्का उत्पादन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिएका छन् ।


