Banijya News

पतिसँग झगडा पर्दा महिलाले लगाइन् मध्यराती आफ्नै जिउमा आगो

1
1.1K Shares

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा एक युवतीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ घर भई हाल माकलबारी बस्दै आएकी २७ वर्षीया सालु गुरुङले राति करिब २:५० बजे आत्मदाहको प्रयास गरेकी हुन्।

गुरुङले आफ्नै खाजा पसल पछाडिको पार्किङस्थलमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्। घटना देखेलगत्तै उनका श्रीमान्ले तत्काल उद्धार गरेका थिए। आगलागीबाट घाइते भएकी उनलाई श्रीमान्ले सुरुमा उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल पुर्‍याएका थिए। त्यहाँ प्राथमिक उपचारपछि थप र विशेष उपचारका लागि उनलाई कीर्तिपुर बर्न अस्पताल पठाइएको छ।

प्रहरीका अनुसार आगोले गुरुङको अनुहार, छाती र दुवै हात गरी शरीरको करिब ५० प्रतिशत भाग जलेको छ। हाल उनको अवस्था सामान्य बोल्न सक्ने रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

1

Scroll to Top