Banijya News

तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

1
1.1K Shares

स्वदेशी उद्योगका समस्या समाधान र समग्र विकासका लागि प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल तयारी पोशाक उद्योग संघसँग विशेष छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे तय गरिएको उक्त बैठकमा संघका अध्यक्ष पशुपतिदेव पाण्डेको नेतृत्वमा प्रथम उपाध्यक्ष बसन्तराज अधिकारी, महासचिव भीमकुमारी गिरी, प्रमुख कार्यकारी अधिकृत सुयश खनाल र प्राविधिक सल्लाहकार प्रकाशकुमार झाको उपस्थिति रहनेछ।

उक्त बैठकमा मुख्यगरी तयारी पोशाक उद्योगले हाल भोगिरहेका चुनौती, स्वदेशी उत्पादन तथा निर्यात वृद्धि, रोजगारीका अवसरहरू र क्षेत्रगत सुधारका उपायहरूमाथि विस्तृत विचारविमर्श हुनेछ। निजी क्षेत्र र व्यवसायीहरूसँग निरन्तर संवादमा रहेका प्रधानमन्त्री शाहले छलफलबाट प्राप्त नीतिगत सुझावका आधारमा सम्बन्धित निकायहरूलाई तत्काल कार्यान्वयनका लागि निर्देशन दिँदै आएका छन्।

1

Scroll to Top