Banijya News

चार दिनमै बढ्यो अन्डाको मूल्य, प्रतिक्रेट मूल्यले नाघ्यो पाँच सय !

1
1.0K Shares

साउन महिनाको सुरुआतसँगै अन्डाको फार्म मूल्य दोस्रो पटक बढेको छ । मूल्य समायोजनपछि सबै प्रकारका अन्डाको मूल्य प्रतिक्रेट ५० रुपैयाँसम्मले वृद्धि भएको छ ।

नेपाल लेयर्स कुखुरापालक संघले चार दिनको अन्तरमा दोस्रोपटक मूल्य समायोजन गरेको हो । संघका अनुसार, देशभरका अन्डा उत्पादक किसानको राय, सुझाव तथा सिफारिसका आधारमा नयाँ मूल्य निर्धारण गरिएको हो ।

यसअघि साउन १ गते बसेको बैठकले साउन २ देखि लागू हुने गरी मूल्य वृद्धि गरेको थियो । त्यसको चार दिनपछि पुनः साउन ५ गते बसेको बैठकले अर्को मूल्य समायोजन गर्दै साउन ६ देखि लागू हुने नयाँ दर सार्वजनिक गरेको छ ।

संशोधित मूल्य सूचीअनुसार, एक्सएल आकारको अन्डाको फार्म मूल्य प्रतिक्रेट ४६५ रुपैयाँबाट बढाएर ५१५ रुपैयाँ कायम गरिएको छ । ठुलो आकारको अन्डाको मूल्य ४५० रुपैयाँबाट बढेर ५०० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, मिडियम अन्डाको मूल्य ४२० रुपैयाँबाट ४७० रुपैयाँ निर्धारण गरिएको छ । सानो आकारको अन्डाको मूल्यमा प्रतिपेटी २०० रुपैयाँ वृद्धि गरी २ हजार ९ सय रुपैयाँ कायम गरिएको संघले जनाएको छ । नयाँ मूल्य समायोजनसँगै उपभोक्ताका लागि अन्डाको खुद्रा बिक्री मूल्य प्रतिगोटा २५ रुपैयाँ निर्धारण गरिएको छ ।

संघका सचिव मदन पोखरेलका अनुसार, उत्पादन लागतमा भएको वृद्धि र बजारको वर्तमान अवस्थालाई ध्यानमा राख्दै किसानको हित संरक्षणका उद्देश्यले समर्थन मूल्य पुनर्निर्धारण गरिएको हो ।

1

Scroll to Top