Banijya News

आँपको बगैँचामा भेटियो १४० किलो गाँजा

1
1.0K Shares

पर्साको छिपरमाई गाउँपालिका–१ स्थित मिर्जापुरमा ठूलो परिमाणको गाँजा बरामद भएको छ। शनिबार राति सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीय एक आँपको बगैँचाबाट १४० किलोग्राम गाँजा नियन्त्रणमा लिएको हो।

बगैँचामा ठूलो मात्रामा प्रतिबन्धित गाँजा लुकाएर राखिएको विशेष सूचनाका आधारमा सुरक्षाकर्मीको टोली परिचालन गरिएको थियो। उक्त कारबाहीमा इलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बलको मिर्जापुरस्थित बोर्डर आउट पोस्ट (बीओपी) बाट खटिएको टोलीको सहभागिता रहेको थियो।

सुरक्षा टोलीले आँपको बगैँचाभित्र घाँसमा लुकाएर राखिएका १३ वटा पोकामा उक्त गाँजा फेला पारेको हो। गाँजा बरामद भए पनि घट्नास्थलबाट कसैलाई पनि पक्राउ गर्न नसकिएको र यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

1

Scroll to Top