Banijya News

बीमा दाबीमा डिजिटल ट्रयाकिङ लागू गर्ने तयारी

1
1.0K Shares

नेपाल बीमा प्राधिकरणले बीमा दाबीलाई प्रभावकारी बनाउन डिजिटल ट्रयाकिङ प्रणाली लागू गर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीहरुलाई यस किसिमको डिजिटल ट्रयाकिङ प्रणाली तीन महिनाभित्र लागू गर्न निर्देशन दिएको हो ।

बीमितले दाबीको सूचना बीमकलाई दिनेदेखि बीमकले दाबी भुक्तानी गर्दा सम्मको प्रत्येक चरणको जानकारी बीमितले पाउने विषयमा डिजिटल ट्रयाकिङ प्रणालीमा रहने प्राधिकरणका उप निर्देशक हृदयश्वर पण्डितले बताएका छन् । बीमितहरुको सहजताको लागि प्राधिकरणले यस्तो सेवा थप गर्न लागेको बताइएको छ ।

सरकारदेखि सर्वसाधारणसम्म बीमा दाबीमा भएको झन्झटिलो सेवाको गुनासोलाई मध्यनजर गर्दै प्राधिकरणले यस प्रकारको निर्देशन दिएको हो । यसअघि प्राधिकरणले बीमितको गुनासो सुन्ने बिषयमा बीमितहरुलाई सहजीकरण गरिदिसकेको छ ।

बीमकको दाबी व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, उत्तरदायी, प्रभावकारी एवम् प्रविधिमैत्री बनाउन यो प्रणाली लागू गरिने बताइएको छ । बीमितलाई आफ्‌नो दाबीको अवस्थाबारे वास्तविक समयमा जानकारी प्राप्त हुने व्यवस्था सुनिश्चित गर्न दाबी प्रक्रियाको डिजिटल ट्रयाकिङ प्रणाली तीन महिनाभित्र तयार गरी अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको हो ।

1

Scroll to Top