रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको स्वामित्वमा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को व्यवस्थाअनुसार सामूहिक लगानी कोषले प्राथमिक निष्कासन (आईपीओ) मार्फत प्राप्त गरेको धितोपत्रको लक–इन अवधि योजनाको निर्धारित समयावधि बाँकी ६ महिनाभन्दा कम भएमा बाँडफाँड भएको मितिदेखि ६ महिनासम्म मात्र कायम रहने व्यवस्था छ ।
उक्त व्यवस्थाअनुसार रिज लाइन इनर्जी लिमिटेडको सामूहिक लगानी कोषको नाममा रहेको ७१ हजार १०० कित्ता सेयरको लक–इन अवधि आगामी भदौ १३ गते समाप्त हुन लागेको हो । लक–इन अवधि समाप्त भएसँगै उक्त सेयर दोस्रो बजारमा कारोबारका लागि योग्य हुनेछ ।


