कुमारी बैंक लिमिटेडले सर्वसाधारणले खरिद गर्न मिल्ने गरी आज मंगलबारदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ४७ हजार ३२४ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक शेयरधनीहरूलाई दिनुपर्ने हुन्छ । त्यसैले, उक्त शेयर खरिदका लागि यसअघि एक सूचना जारी गर्दै सो शेयर बैंकका विद्यमान संस्थापक शेयर धनीका लागि बिक्रीमा राखेको थियो ।
तर, सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कुनै आवेदन नपरेपछि अब सर्वसाधारणका लागि बिक्री खुलाएको हो । शेयर खरिद गर्न चाहने इच्छुक सर्वसाधारणले आगामी ३५ दिनभित्र बैंकको शेयर रजिस्ट्रार कार्यालयमा आवेदन दिन सक्नेछन् ।
शेयर खरिद गर्न इच्छुक सर्वसाधारणले बैंकको शेयर रजिष्ट्रार नक्सालस्थित कुमारी क्यापिटल वा कुमारी बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौं–२, टंगालमा आवेदन दिन सक्ने बताइएको छ । सो शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।


