Banijya News

नेशनल लाइफद्वारा उत्कृष्ट अभिकर्ताको सम्मान, क्षमता विकासका लागि भव्य प्रशिक्षण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

1
1.1K Shares

जीवन बीमा व्यवसायलाई थप व्यावसायिक, ग्राहककेन्द्रित र प्रतिस्पर्धी बनाउने उद्देश्यसहित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ले उत्कृष्ट अभिकर्ताहरूका लागि विशेष प्रशिक्षण, सम्मान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कम्पनीले २०८३ वैशाख महिनामा सञ्चालन गरेको विशेष व्यवसायिक योजनाअन्तर्गत निर्धारित लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरूलाई सम्मान गर्दै आयोजना गरेको कार्यक्रममा देशभरबाट आएका करिब ३०० जना वरिष्ठ व्यवसाय प्रबन्धक, शाखा प्रमुख, विभागीय प्रमुख तथा उत्कृष्ट अभिकर्ताको सहभागिता रहेको थियो।

ललितपुरस्थित होटल रोयल टुलिपमा आयोजित कार्यक्रमको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृतले दीप प्रज्वलन गर्दै गरेका थिए। उद्घाटन मन्तव्यमा उनले आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले प्रथम बीमाशुल्क संकलनसहित विभिन्न व्यवसायिक सूचकमा उल्लेखनीय सफलता हासिल गरेको उल्लेख गर्दै त्यसमा अभिकर्ता, कर्मचारी, ग्राहक तथा सम्पूर्ण सरोकारवालाको महत्वपूर्ण योगदान रहेको बताए।

उनले बीमा क्षेत्रमा बढ्दो प्रतिस्पर्धाका बीच ग्राहकको विश्वास कायम राख्दै गुणस्तरीय सेवा विस्तार गर्नु कम्पनीको प्रमुख प्राथमिकता रहेको स्पष्ट पारे। अभिकर्ता कम्पनीको सबैभन्दा महत्वपूर्ण सम्पत्ति भएकाले उनीहरूको क्षमता विकास, व्यवसायिक दक्षता अभिवृद्धि तथा प्रविधिमैत्री सेवा प्रणालीलाई आगामी रणनीतिक प्राथमिकतामा राखिएको पनि उनले जानकारी दिए।

प्रशिक्षण सत्रमा आधुनिक बीमा बजारका चुनौती, ग्राहकसँग दीर्घकालीन सम्बन्ध निर्माण, प्रभावकारी वित्तीय परामर्श, डिजिटल माध्यमबाट सेवा विस्तार तथा नैतिक व्यवसायिक अभ्यासका विषयमा विशेष प्रस्तुति दिइएको थियो। अनुभवी प्रशिक्षकहरूले अन्तर्राष्ट्रिय बीमा बजारका सफल अभ्याससमेत प्रस्तुत गर्दै बदलिँदो बजारअनुसार अभिकर्ताले आफ्नो कार्यशैली परिमार्जन गर्नुपर्नेमा जोड दिएका थिए।

सहभागी अभिकर्ताहरूले यस्ता कार्यक्रमले आफूहरूको नेतृत्व क्षमता, व्यवसायिक योजना निर्माण तथा ग्राहक सेवा सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए। कम्पनीले उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्तालाई सम्मान गर्दै स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्नुका साथै आगामी लक्ष्य हासिल गर्न थप प्रेरणा दिने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

औपचारिक कार्यक्रमपछि आयोजित सांस्कृतिक प्रस्तुतिले सहभागीलाई थप उत्साहित बनाएको थियो। चर्चित स्ट्यान्ड–अप कमेडियन सुमन कार्की, गायक रामचन्द्र काफ्ले, गायिका जुनु रिजाल तथा दीपक बज्राचार्य एन्ड रिदम ब्यान्डको सांगीतिक प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कम्पनीका अनुसार आगामी दिनमा आधुनिक प्रविधिमा आधारित बीमा सेवा, ग्राहकमैत्री योजना, दाबी भुक्तानी प्रक्रियामा थप सहजता तथा अभिकर्ताको निरन्तर क्षमता विकासलाई प्राथमिकतामा राखिनेछ।

1

Scroll to Top