Banijya News

निर्जीवन बीमाको वार्षिक व्यवसायले नाघ्यो ५० अर्ब ६० करोड, कुन कम्पनीको अवस्था कस्तो ?

1
1.0K Shares

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२/८३ मा साढे ५० अर्ब रुपैयाँ भन्दा बढी प्रिमियम संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार १४ निर्जीवन बीमा कम्पनीहरुले गत आवमा कुल ५० अर्ब ६० करोड ३१ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका हुन् ।

बीमा कम्पनीहरुले गत आवमा अघिल्लो वर्षको तुलनामा १५.१२ प्रतिशत बढी बीमा व्यवसाय गरेका छन् । अघिल्लो आव २०८१/८२ मा निर्जीवन बीमा कम्पनीहरूले ४३ अर्ब ९५ करोड ८७ लाख रुपैयाँ बराबरको प्रिमिमय संकलन गरेका थिए ।

प्राधिकरणका अनुसार, १४ बीमा कम्पनीहरुमध्ये शिखर इन्स्योरेन्सले सर्वाधिक प्रिमियम संकलन गरेको छ । यो कम्पनीले गत आर्थिक वर्षमा ६ अर्ब ५१ करोड १२ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको तथ्यांक छ । जुन अघिल्लो आवको तुलनामा १२.३८ प्रतिशत बढी हो ।

त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले पनि दोस्रो बढी प्रिमियम संकलन गर्न सफल भएको छ । यो कम्पनीले गत आवमा ५ अर्ब ४२ करोड २२ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेको छ । यो व्यवसाय अघिल्लो आवको तुलनामा ८.४० प्रतिशत बढी हो ।

यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आवमा ४ अर्ब ३१ करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । नेको इन्स्योरेन्सले ३ अर्ब ६५ करोड रुपैयाँ, द ओरियन्टल इन्स्योरेन्सले ३ अर्ब २५ करोड रुपैयाँ र युनाइटेड अजोड इन्स्योरेन्सले ३ अर्ब ११ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । त्यस्तै, नेपाल इन्स्योरेन्सले २ अर्ब २१ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले २ अर्ब २ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

सबैभन्दा कम राष्ट्रिय बीमा कम्पनी र नेशनल इन्स्योरेन्सले व्यवसाय गरेका छन् । राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ५८ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले १ अर्ब २९ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको विवरणमा उल्लेख छ ।

गत आर्थिक वर्षमा भएको वृद्धिदर हेर्ने हो भने हिमालयन एभरेष्ट इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स सबैभन्दा अगाडि रहेका छन् । हिमालयन एभरेष्टको व्यवसाय ३१ प्रतिशतले बढेर ५ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । साथै, एनएलजी इन्स्योरेन्सले ३७ प्रतिशतको उच्च वृद्धि गर्दै ४ अर्ब २० करोड रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

1

Scroll to Top