Banijya News

पूँजीबजार विकास मार्गचित्र कार्यान्वयन गर्ने सेबोनको तयारी

1
1.0K Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पूँजीबजार विकास मार्गचित्र कार्यान्वयन गर्ने तयारी गरेको छ । बोर्डले मार्गचित्रमा समेटिएका योजनालाई व्यवहारमा लागू गर्न आवश्यक कार्ययोजना तयार गरेको हो ।

सेबोनका विभिन्न विभागले मार्गचित्र कार्यान्वयनका लागि छुट्टाछुट्टै कार्ययोजना तयार पारेका छन् । ती कार्ययोजना छिट्टै सार्वजनिक गर्ने तयारी भइरहेको बताइएको छ । बोर्डका अनुसार मार्गचित्र कार्यान्वयनका लागि कार्ययोजना तयार पारिएको छ । कार्ययोजनाअनुरुप केही नियमावली संशोधनका लागि अर्थमन्त्रालयमा पठाउने तयारी गरिएको बोर्डले जनाएको छ ।

सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले करिब दुई साताअघि नेपालको पूँजीबजार विकासका लागि १० वर्षे मार्गचित्र सार्वजनिक गरेका थिए । उक्त मार्गचित्रमा नीतिगत, कानुनी तथा प्राविधिक सुधारका विषयलाई समयसीमासहित समेटिएको छ । मार्गचित्रमा नेपालको पूँजीबजारलाई थप विस्तार र व्यवस्थित बनाउने लक्ष्य राखिएको छ ।

उक्त मार्गचित्रमा दैनिक सेयर कारोबार रकम ३० अर्ब रुपैयाँसम्म पुर्‍याउने, बजार पुँजीकरणलाई अर्थतन्त्रको आकारको तुलनामा १५० प्रतिशतसम्म विस्तार गर्ने तथा सूचीकृत कम्पनीको संख्या ५०० पुर्‍याउने लक्ष्य राखिएको छ ।

दैनिक कारोबार ३० अर्ब पुर्याउने लक्ष्य लिइए पनि यो कति सम्भव छ भन्ने सवाल उब्जिएको छ । अहिलेको नेपालको पूँजीबजारको आकार र कारोबार अवस्थालाई हेर्दा दैनिक ३० अर्ब रुपैयाँको सेयर कारोबार हुन ठूलो चूनौतीपूर्ण देखिन्छ । यो लक्ष्य पुरा हुन धेरे संरचनागत सुधार आवश्यक देखिन्छ ।

धितोपत्र बोर्डले बजारमा सुधार ल्याउन र दैनिक कारोबार बढाउन गैरआवासीय नेपाली (एनआरएन)लाई नेपालको पूँजीबजारमा भित्र्याउने तयारी गरेको छ । यहि विषयमा बोर्डका अध्यक्ष र एनआरएनका प्रतिनिधिहरुबीच छलफल तथा अन्तरक्रिया समेत भइसकेको छ । एनआरएनलाई सहज रुपमा पूँजीबजारमा प्रवेश गराईएपनि दैनिक ३० अर्ब कारोबार लक्ष्य पुरा हुन असम्भव जस्तै देखिन्छ । यसका लागि बजार पूँजीकरण र लगानीकर्ताको आधार बढ्नुपर्ने देखिन्छ ।

धितोपत्र बोर्डले कारोबार बढाउन संस्थागत लगानीकर्ता बैंक, बीमा कम्पनी, हाइड्रो कम्पनी, उत्पादनमूलक क्षेत्रका ठूला कम्पनीहरुको सहभागीता उल्लेख्य बढाउनुपर्ने देखिन्छ । ३० अर्ब दैनिक कारोबारको लक्ष्य महत्वाकांक्षी भए पनि असम्भव नै भने होइन । तर, यसका लागि बजारको आकार, संस्थागत लगानी, प्रविधि र नियामकीय सुधार सँगसँगै अघि बढ्न आवश्यक हुन्छ ।

1

Scroll to Top