Banijya News

उद्योग परिसंघ युवा उद्यमी मञ्चले पायो नयाँ नेतृत्व

1
1.0K Shares

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को आठौँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ । मञ्चको साधारणसभाले सुगम घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिमा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठ, लर्निङ चेयर चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर साइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसीप एन्ड इनोभेसन चेयर निदा दून मल्ल रहेका छन्‌ ।

त्यस्तै, गभर्मेन्ट एन्ड डिप्लोम्याटिक रिलेसन्स चेयर सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयर पुनित अग्रवाल, स्ट्रयाटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयर यश अग्रवाल तथा फाइनान्स एन्ड इन्टरनेसनल रिलेसन्स चेयर अंकुुर अग्रवाल रहेका छन्‌ । कार्यसमितिका को–चेयरहरूमा न्यान्सी अग्रवाल, सचेत मानन्धर र चेतन प्रधान चयन भएका छन्‌ ।

साधारणसभाको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा पूर्वमन्त्री अनिल सिन्हाले संयुक्त रूपमा गरेका थिए । डा. मल्लले उद्यमशीलता विकास सुविधा (इन्टरप्राइज डेभलपमेन्ट फेसिलिटी)का लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिँदै सीएनआईवाईईएफसँग सहकार्य गर्न सरकार इच्छुक रहेको बताए ।

निवर्तमान अध्यक्ष मनिष श्रेष्ठले युवा उद्यमीहरूको सशक्तीकरणमा मञ्चले खेलेको भूमिकाबारे प्रकाश पारेका थिए । स्टार्टअप चेयर चिराग सरावगीले मञ्चका विगतका गतिविधि तथा उपलब्धिबारे प्रस्तुतीकरण गरेका थिए । साधारणसभामा उत्कृष्ट योगदान पुर्‍याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मान गरिएको थियो ।

उक्त अवसरमा जितेन्द्र बहाती (मोस्ट एक्टिभ मेम्बर–पुरुष), नेहा अग्रवाल (मोस्ट एक्टिभ मेम्बर–महिला) तथा सगरमाथा आरोही सुधिज्ञ पन्त (आउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्ड) बाट सम्मानित भएका थिए । लुम्बिनी च्याप्टरले ‘च्याप्टर ग्रोथ अवार्ड’ र कोशी च्याप्टरले ‘च्याप्टर एक्सेलेन्स अवार्ड’ प्राप्त गरेका छन्‌ ।

1

Scroll to Top