यूनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायणकुमार भट्टराईले पदबाट राजीनामा दिएका छन् । भट्टराईले नियुक्ति पाएको तीन महिनामै राजीनामा दिएका हुन् ।
उनको राजीनामा सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ । भट्टराई २०८३ वैशाख १० गते सीईओमा नियुक्त भएका थिए ।
कम्पनी सञ्चालक समितिले अर्को व्यवस्था नभएसम्मका लागि कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत रेना रिजाललाई निमित्त सीईओको जिम्मेवारी दिएको छ ।


