Banijya News

सरकारले १५ वर्षे विकास ऋणपत्रमार्फत एक अर्ब उठाउने

1
1.1K Shares

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ सुरु भएको पहिलो साउन महिनामै आन्तरिक ऋण उठाउने प्रक्रिया अघि बढाएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले १५ वर्षे विकास ऋणपत्रमार्फत एक हजार करोड रुपैयाँ आन्तरिक ऋण संकलन गर्न बोलकबोल आह्वान गरेको हो ।

कार्यालयका अनुसार ‘१५ वर्षे विकास ऋणपत्र–२०९८’ साउन २० गते बोलकबोलमार्फत बिक्री गरिनेछ भने साउन २१ गते ऋणपत्र निष्कासन हुनेछ ।

उक्त ऋणपत्रको बोलकबोलमा बैंक तथा वित्तीय संस्था, व्यक्ति, फर्म, संस्था तथा कम्पनीले सहभागिता जनाउन सक्नेछन् । इच्छुक खरिदकर्ताले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण व्यवस्थापन प्रणालीमार्फत बोलकबोल पेश गर्न सक्ने कार्यालयले जनाएको छ ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा कुल ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ । यसअन्तर्गत ट्रेजरी बिलमार्फत १ खर्ब ४ अर्ब रुपैयाँ, विकास ऋणपत्रमार्फत ३ खर्ब रुपैयाँ, नागरिक बचतपत्रमार्फत ५ अर्ब रुपैयाँ तथा वैदेशिक रोजगार बचतपत्रमार्फत १ अर्ब रुपैयाँ उठाउने योजना रहेको छ ।

1

Scroll to Top