Banijya News

कुमारी सामूहिक लगानी कोषका तीन योजनाको लाभांश घोषणा

1
1.1K Shares

कुमारी बैंक लिमिटेडद्वारा प्रवद्र्धित तथा कुमारी क्यापिटल लिमिटेडद्वारा व्यवस्थापन एवं डिपोजिटरी सेवा प्रदान गरिएको कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालित तीनवटा योजनाको लाभांश घोषणा भएको छ ।

योजना व्यवस्थापक कुमारी क्यापिटलका अनुसार, सञ्चालक समितिको साउन २१ गते बसेको ५८औँ बैठकले गत आर्थिक वर्ष २०८२/८३ का लागि कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजनाका इकाइधनीलाई वितरण गरिने नगद प्रतिफल स्वीकृत गरेको हो ।

विवरणअनुसार कुमारी इक्विटी फन्ड र कुमारी धनवृद्धि योजनाका इकाइधनीले १० प्रतिशत (करसहित) का दरले नगद लाभांश प्राप्त गर्नेछन् । यस्तै, कुमारी सबल योजनाका इकाइधनीलाई २.१० प्रतिशत (करसहित) नगद लाभांश वितरण गरिनेछ ।

लाभांश वितरण प्रयोजनका लागि भदौ ४ गते एक दिनका लागि बुक क्लोज गरिने कुमारी क्यापिटलले जनाएको छ । त्यसैले, भदौ ३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई नियमानुसार नामसारी भएका इकाइधनीहरू मात्र घोषित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

कम्पनीले धितो राखिएका इकाइका हकमा सम्बन्धित बैंक वा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर वा रिलिज लेटर पेश गरेपछि मात्र नगद लाभांश सम्बन्धित इकाइधनीको खातामा जम्मा गरिने जनाएको छ ।

1

Scroll to Top