Banijya News

श्वेत गंगा हाइड्रोपावरको नाफा उल्लेख्य बढ्यो, ईपीएस बढेर ११.१३ रुपैयाँ कायम

1
1.1K Shares

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार गत आर्थिक वर्षको अन्तयसम्ममा कम्पनीले १७ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष कम्पनीको नाफा उल्लेख्य बढेको छ । अघिल्लो आवमा कम्पनीले यस्तो नाफा १७ लाख ९९ हजार रुपैयाँ मात्र कमाएको थियो । विद्युत बिक्री आम्दानी सामान्य बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको नाफा उल्लेख्य बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ७.७० प्रतिशत बढेर ८४ करोड ७० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल नाफा १०.७३ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १७.७२ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीको वित्तीय खर्च भने २५.५४ प्रतिशत घटेको छ ।

कम्पनीको नाफा बढेसँगै प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा ११ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी बढेर ११ रुपैयाँ १३ पैसा पुगेको छ ।

गत असार मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ८३ रुपैयाँ ६५ पैसा पुगेको छ । १ अर्ब ५९ करोड २९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष भने २६ करोड ५ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

1

Scroll to Top