उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफा २५२.७२ प्रतिशतले बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १ करोड ५९ लाख रुपैयाँ रहेको संस्थाको खुद नाफा बढेर ५ करोड ६१ लाख पुगेको छ ।
नाफा बढेसँगै संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) पनि उल्लेख्य बढेको छ । गत आवको चौथो त्रैमाससम्म संस्थाको ईपीएस ५२.९३ रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ईपीएस १५.०१ रुपैयाँमा सीमित थियो ।
यसैगरी, संस्थाको खुद ब्याज आम्दानी २१.८० प्रतिशतले बढेर २१ करोड ५३ लाख रुपैयाँ पुगेको छ । खुद सञ्चालन आम्दानी २१ करोड ७६ लाख र सञ्चालन मुनाफा ८ करोड २ लाख रहेको छ । संस्थाले सम्भावित घाटाका लागि २ करोड ७४ लाख रुपैयाँको व्यवस्था गरेको छ । अघिल्लो आवमा यसका लागि संस्थाले ५ करोड ९ लाख रुपैयाँको व्यवस्था गरेको थियो ।
त्यस्तै, समीक्षा अवधिसम्म संस्थाको वितरणयोग्य मुनाफा ४८ लाख ८८ हजार र लाभांश क्षमता ४.६१ प्रतिशत पुगेको छ । अघिल्लो आवमा भने वितरणयोग्य मुनाफा ३ करोड ८३ लाखले ऋणात्मक र लाभांश क्षमता समेत ३६.१५ प्रतिशतले ऋणात्मक थियो । यो अवधिमा संस्थाको रिजर्भको आकार २१ करोड ३२ लाख रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिमा १ अर्ब ६४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २ अर्ब ३० करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ४.८५ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ९.९७ प्रतिशत पुगेको छ ।
संस्थाको प्रतिसेयर नेटवर्थ ३०५.५४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ७१५.७२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५२.९० गुणा र तरलता अनुपात १५.७६ प्रतिशत कायम भएको छ ।


