Banijya News

कुमारी बैंकको ३ लाख २० हजार संस्थापक सेयर बिक्रीमा

1
1.1K Shares

कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको ३ लाख कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

आज आइतबारदेखि बिक्रीमा राखिएको ३ लाख २० हजार ९४८ कित्ता सेयरमा बैंकको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा काठमाडौंको टंगालस्थित कुमारी बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् । सेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने जनाइएको छ ।

तोकिएको म्यादभित्र आवेदन प्राप्त नभएमा संस्थापक सेयरधनी बाहेकका लगानीकर्ताका लागि उक्त सेयर बिक्री गरिने समेत जनाइएको छ ।

1

Scroll to Top