Banijya News

नेको इन्स्योरेन्सको सञ्चालकमा मिनराज पोखरेल नियुक्त

1
1.1K Shares

नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा मिनराज पोखरेल नियुक्त भएका छन् ।

कम्पनीका संस्थापक शेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रताव सुवेदीले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बाँकी कार्यकालका लागि मिनराज पोखरेललाई मनोनित गरी पठाइएको थियो ।

तत्पश्चात् नेको इन्स्योरेन्सको साउन २० गते बसेको सञ्चालक समितिको ५०८औं बैठकले मिनराज पोखरेलको नियुक्ति समर्थन गरी सोही दिनबाट पोखरेलले पदबहादली समेत गरेको कम्पनी सचिव गणेश लम्सालले जानकारी दिएका छन् ।

1

Scroll to Top