Banijya News

सामान्य बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

1
1.1K Shares

पछिल्लो समयमा लगातार घटिरहेको नेप्से आज मंगलबार सामान्य अंक बढेर बन्द भएको छ । आज नेप्से परिसूचक ०.७९ अंक बढेर २६४१.८५ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.८५ अंक बढेको छ भने फ्‌लोट इण्डेक्स ०.१७ अंक र सेन्सेटिभ फ्‌लोट इण्डेक्स ०.३० अंक बढेको छ ।

१३ उपसमूहमध्ये छ उपसमूहको परिसूचक बढेको छ भने सात उपसमूहको परिसूचक घटेको छ । आज मंगलबार बैंकिङ, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ ।

नेप्से बढेसँगै कारोबार रकममा पनि सुधार भएको छ । हिजो सोमबार ३ अर्ब ६७ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलबार ४ अर्ब ११ करोड ९ लाख ७४ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज कारोबार भएकामध्ये अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो कम्पनीको शेयरमूल्य यस दिन ५६ रुपैयाँ ९० पैसा बढेर ४३६ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । बाँकी मूल्य बढेका स्टकहरुको वृद्धिदर भने ६ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको महिला लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक १४.९१ प्रतिशत घटेको छ ।

कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४४ करोड ८७ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । त्यस्तै, रिडी पावर कम्पनीको कारोबार रकम साढे ३३ करोड रुपैयाँ नाघेको छ भने ङादी ग्रुप पावरको करिब १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

1

Scroll to Top