Banijya News

एशियन लाइफ इन्स्योरेन्सको खुद नाफा साढे ४१ करोड, बीमाशुल्क आर्जनमा १३.४८ प्रतिशतले वृद्धि, अन्य सूचक कस्तो ?

1
1.0K Shares

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले खुद नाफा ४१ करोड ४२ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

यो अघिल्लो वर्षको तुलनामा १.१९ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष कम्पनीको नाफा ४० करोड ९३ लाख ३७ हजार रुपैयाँ मात्र रहेको थियो ।

यस्तै, कम्पनीको जीवन बीमाकोषमा पनि वृद्धि भएको छ । गत आवमा बीमाकोष ५३ अर्ब १७ करोड ४८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष ४७ अर्ब ७ करोड ८ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीको बीमाशुल्क आर्जनमा १३.४८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन १० अर्ब ४४ करोड ३१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बीमाशुल्क आर्जन ९ अर्ब २० करोड २९ लाख रुपैयाँ रहेको थियो ।

बीमा व्यवसायको विस्तारसँगै कम्पनीको कुल आम्दानी पनि ८.६३ प्रतिशतले वृद्धि भउको छ । गत आवमा यो १४ अर्ब २९ करोड ६८ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस अवधिमा ११ अर्ब ४९ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ भने कुल खर्च १३ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ ।

चुक्ता पूँजी ५ अर्ब २५ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ३२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आवको तुलनामा १४.४१ प्रतिशतले बढी हो । तर, कम्पनीको जगेडा कोषमा भने अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशतको गिरावट आएर ५२ करोड ६७ लाख २५ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी ७.८० रुपैयाँबाट बढेर ७.८९ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ पनि १२०.१३ रुपैयाँ रहेको छ ।

1

Scroll to Top