Banijya News

वाणिज्य बैंकहरूद्वारा भदौ महिनाको ब्याजदर सार्वजनिक, कुनको ब्याजदर कति ?

1
1.1K Shares

वाणिज्य बैंकहरूले भदौ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पछिल्लो समयमा अधिक तरलताका कारण ब्याजदर घटाउँदै आएका बैंकहरुले भदौ महिनामा पनि निक्षेपको औसत ब्याजदर थप घटाएका छन् ।

भदौ महिनामा व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको तुलनामा ०.०३१५ प्रतिशत विन्दुले घटेर ४.१३६ प्रतिशतविन्दुमा झरेको छ । त्यस्तै, संस्थागत निक्षेपको औसत दर पनि ३.११६ प्रतिशत विन्दुबाट घटेर ३.०८१ प्रतिशतविन्दुमा झरेको छ ।

भदौ महिनाका लागि ५ वटा बैंकहरूले ब्याजदर घटाएका छन् । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ सबैभन्दा बढी ०.२९ प्रतिशतविन्दु र संस्थागततर्फ ०.२ प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । र, भदौ महिनाका लागि नयाँ ब्याजदर क्रमशः ३.७६ प्रतिशत र ३.०५ प्रतिशत कायम भएको छ ।

यस्तै, नेपाल बैंकले व्यक्तिगततर्फ ०.१ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत विन्दुले घटाएर क्रमशः ४.१५ प्रतिशत र ३.५ प्रशित कायम गरेको छ । यता, सिटिजन्स बैंकले व्यक्तिगततर्फ ब्याजदर ३.८५ प्रतिशत, कुमारी बैंकले ३.७६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३.८ प्रतिशत कायम हुने गरी ब्याजदर निर्धारण गरेका छन् ।

यसैगरी, नबिल बैंक र प्रभु बैंकले अधिकतम ४.५५ प्रतिशत व्यक्तिगत ब्याजदरसहित शीर्ष स्थान ओगटेका छन् । भदौ महिनामा नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, सानिमा, माछापुच्छ्रे, राष्ट्रिय वाणिज्य र ग्लोबल आइएमई बैंकसहित कुल १५ वटा बैंकहरूले भने साउन महिनाकै ब्याजदरलाई यथावत् राखेका छन् ।

बैंकहरूमा रकम थुप्रिने क्रम जारी रहेको र कर्जाको मागमा कमी आउँदा निक्षेपको लागत घटाउन बैंकहरूले ब्याजदर कटौतीको रणनीतिलाई नै अपनाउँदै आएका छन् ।

1

Scroll to Top