सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजनाहरू सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ ।
सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेका बन्दमुखी योजनाहरू सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इक्विटी फण्ड २, सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लेखापरीक्षण कार्य सम्पन्न भएको छ ।
योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलको भदौ १ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ का इकाईधनीका लागि ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
त्यस्तै, सोही बैठकले सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ का इकाईधनीका लागि १० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
सिद्धार्थ क्यापिटलका अनुसार सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेका सिद्धार्थ इक्विटी फण्ड र सिद्धार्थ इक्विटी फण्ड–२ का इकाईधनीलाई भने आर्थिक वर्ष २०८२/८३ का लागि कुनै लाभांश वितरण नगर्ने निर्णय गरिएको छ ।


