Banijya News

कुमारी म्युचुअल फन्डका तीन योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कसले कति दिन्छन् लाभांश ?

1
1.0K Shares

कुमारी म्युचुअल फन्डका तीन योजनाले लाभांश घोषणा गरेका छन् । ती योजनाको लाभांश सुरक्षित गर्ने आज भदौ ३ गते अन्तिम दिन रहेको छ ।

कोष प्रवद्र्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेका कुमारी इक्विटी फन्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । योजना व्यवस्थापक कुमारी क्यापिटलका अनुसार, यी योजनाको लाभांश वितरणका लागि भोलि भदौ ४ गते बुक क्लोज हुनेछ ।तसर्थ, आज बुधबारसम्म कायम इकाइधनीहरुले मात्र यी योजनाको लाभांश पाउनेछन् ।

गत आर्थिक वर्ष २०८२।८३ का लागि कुमारी इक्विटी फन्डका इकाइधनीलाई १० प्रतिशत, कुमारी धनवृद्धि योजनाका इकाइधनीलाई १० प्रतिशत र कुमारी सबल योजनाका इकाइधनीलाई २.९० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ ।

यसैगरी खुलामुखी योजना कुमारी सुनौलो लगानी योजनाका लागि लगानीकर्तालाई ४.७० प्रतिशत नगद लाभांश वितरण गरिने कुमारी क्यापिटलले जनाएको छ । यसका लागि भदौ २१ गते बुक क्लोज गर्ने निर्णय भएको बताइएको छ ।

1

Scroll to Top