युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
कम्पनीको १० प्रतिशत दरले हुन आउने कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । योसँगै कम्पनीको सूचीकृत सेयर संख्या २ करोड ६४ लाख ९८ हजार ९९६ कित्ता पुगेको छ ।
सूचीकृत हकप्रद सेयर भोलिदेखि नै दोस्रो बजारमा कारोबार गर्न सकिने बताइएको छ ।


