टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा कार्निभलको चौथो संस्करण भदौ ४ देखि ७ गतेसम्म आयोजना गर्ने भएको छ । कार्निभलमा ग्राहकले आफ्नो पुरानो गाडी एक्सचेन्ज गरी नयाँ टाटा पञ्च ईभी र टियागो ईभी खरिद गर्न सक्नेछन् ।
सिप्रदीका अनुसार, पुरानो गाडीलाई नयाँ गाडीको डाउनपेमेन्टका रूपमा समेत प्रयोग गर्न सकिने छ । कार्निभल अवधिमा बुकिङ गर्ने ग्राहकले उत्कृष्ट एक्सचेन्ज भ्यालुएसन, आजीवन निःशुल्क डीसी फास्ट चार्जिङ, एक वर्षको सवारी कर छुट, निःशुल्क एसेसोरिज र होम चार्जर जडानलगायत सुविधा पाउनेछन् ।
नयाँ पञ्च ईभीको सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ र नयाँ टियागो ईभीको २८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।
३२ र ४० किलोवाट आवर ब्याट्री विकल्पमा उपलब्ध पञ्च ईभीले नेपाली सडक परीक्षणमा फुल चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यसमा १९५ एमएम ग्राउन्ड क्लियरेन्स, ५–स्टार सुरक्षा रेटिङ, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा र डीसी फास्ट चार्जिङलगायत सुविधा छन् ।
त्यस्तै, नयाँ टियागो ईभीमा नयाँ डिजाइनसँगै ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट सिस्टम र ६ एयरब्यागलगायत सुविधा समावेश रहेको बताइएको छ ।
चारदिने कार्निभलमार्फत पुराना गाडीलाई विद्युतीय सवारीमा अपग्रेड गर्न चाहने ग्राहकलाई लक्षित गर्दै सिप्रदीले विशेष एक्सचेन्ज तथा सहुलियत योजना ल्याएको हो ।


