Banijya News

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा योजना

1
1.0K Shares

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले व्यवसायी तथा उद्यमीलाई लक्षित गर्दै वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा साना तथा मझौला उद्यम (एसएमई) कर्जा उपलब्ध गराउने नयाँ योजना सार्वजनिक गरेको छ ।

बैंकका अनुसार, योजनाअन्तर्गत ग्राहकले वार्षिक ५.७५ प्रतिशत ब्याजदरमा एसएमई कर्जा प्राप्त गर्न सक्नेछन् । उक्त ब्याजदर एक वर्षसम्म स्थिर रहने बैंकले जनाएको छ ।

विशेषगरी साना तथा मझौला व्यवसायलाई लक्षित गरी ल्याइएको योजनाले उद्यमीलाई आवश्यक वित्तीय स्रोतमा पहुँच उपलब्ध गराउने बैंकको अपेक्षा छ ।

‘मेहनती हातलाई हाम्रो साथ’ भन्ने मूल नाराका साथ सञ्चालनमा ल्याइएको एनआईएमबी एसएमई कर्जामार्फत व्यवसायको प्रकृति, आवश्यकता, क्षमता तथा कर्जा सदुपयोगिताका आधारमा उपयुक्त कर्जा सुविधा उपलब्ध गराउने बैंकको लक्ष्य छ ।

यस योजनामार्फत व्यवसायी तथा उद्यमीले आफ्नो व्यवसाय विस्तार, चालु पुँजी व्यवस्थापन, नयाँ लगानी तथा व्यवसायको आवश्यकताअनुसार कर्जा प्राप्त गर्न सक्नेछन् ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले देशभर रहेका २५१ शाखामार्फत एसएमई कर्जासम्बन्धी सेवा तथा जानकारी उपलब्ध गराउँदै आएको जनाएको छ ।
बैंकले मेहनती उद्यमी तथा व्यवसायीसँग वित्तीय सहकार्य गर्दै उनीहरूको व्यावसायिक विकास र समृद्धिमा योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गरेको छ ।

1

Scroll to Top