Banijya News

मुक्तिनाथ विकास बैंकद्वारा ५.५४ प्रतिशत ब्याजदरमै अटो लोन दिइने

1
1.0K Shares

मुक्तिनाथ विकास बैंकले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२६’ लाई लक्षित गर्दै ग्राहकहरूका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ ।

बैंकले आफ्नो आधार दर (वेस रेट) मा शून्य प्रतिशत प्रिमियम थप गरी मात्र ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन उपलब्ध गराउने भएको हो ।

नाडा अटो शोमा सवारी साधन खरिद गर्न चाहने ग्राहकहरूलाई सहज, छिटो र सुलभ वित्तीय सुविधा प्रदान गर्ने उद्देश्यले यो योजना ल्याइएको बैंकले जनाएको छ ।

त्यस्तै, बैंकले आवश्यक कागजात पूरा भएको २४ घण्टाभित्रै कर्जा उपलब्ध गराइने जनाएको छ । यो विशेष योजना भदौ मसान्त २०८३ सम्म लागू हुने बताइएको छ ।देशभर रहेका बैंकका १७६ वटै शाखामार्फत यो सुविधा लिन सकिने छ । भदौ मसान्तपछि भने बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुनेछ ।

1

Scroll to Top