Banijya News

एभरेष्ट बैंकले १५ प्रतिशत लाभांश दिने, बुक क्लोज कहिले ?

1
1.1K Shares

एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्‌ना शेयरधनीहरुलाई १५ प्रशित लाभांश दिने भएको छ । बैंकले घोषणा गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आह्‌वान गरेको छ ।

बैंकको भदौ १८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ३२औँ वार्षिक साधारणसभा आगामी असोज १४ गते काठमाडांैको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा गर्ने निर्णय गरेको छ । सभामा सञ्चालक समितिका अध्यक्षको प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिनेछ ।

सभामा सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश(करसहित) वितरण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । प्रस्तावित बोनस सेयर जारी भएपछि बैंकको चुक्तापूँजी वृद्धि हुने भएकाले सोहीअनुसार बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभामा पेश हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा राखिएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा सहगभाी हुनका लागि योग्य हुनेछन् ।

1

Scroll to Top